काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments are closed.