काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । बुधबार तोलामा २ सयले घटेको छापावाल सुनको मूल्य आज भने तोलामा ८ सय रुपैयाँले बढेको छ ।
आज तोलामा ८ सय रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम गरी कारोबार भइरहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।बुधबारछापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन
तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । बुधबार चाँदी आज प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.