काठमाडौं । नेपाली बजारमा सुनचाँदी भाउ उकालो लागि रहेको छ । बिहीबार उकालो लागेको छापावाल सुनको मूल्य शुक्रबार पनि पुनः बढेको हो । साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ७ सयले बढेको छ ।
तोलामा ७ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार छापावाल सुन प्रतितोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियोे ।
Comments are closed.