आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ ।

आइतबार तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भएको महासंघले जनाएको छ ।

jutta mela

त्यसैगरी, आइतबार चाँदी १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.