बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

तोलामा ६ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार ९ सय रुपैयाँ कायम भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९६ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, चाँदी आज तोलामा ३५ रुपैयाँले बढेको छ ।  तोलामा ३५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार २ सय ४० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.