सुनचाँदीको ओरालो यात्रा जारी, तोलाको ९५ हजार ९ सय पुग्यो मूल्य

काठमाडौं ।  पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटी रहेको । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

तोलामा ३ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयामा कारोबार भएको थियो ।त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार४ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९५ हजार ७सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, बिहीबार आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार १ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.