लगातार घट्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको ओरालो यात्रा आज पनि कायमै रहेको छ । बिहीबार तोलामा ३ सयले घटेको छपावाल सुनको मूल्य शुक्रबार पनि फेरि तोलामा ४ सय रुपैयाँले घटेको छ ।

तोलामा ४ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ रुपैयामा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन तोलाको ९५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, आज चाँदी तोलामा १०रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.