तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य फेरि बढेको छ । बिहीबार तोलामा ५ सयले बढेको छापावाल सुन शुक्रबार पनि पुनः तोलामा १ हजार रुपैयाँले बढेको छ ।

तोलामा १ हजार रुपैयाँले बढसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलाको ९२ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९१ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा पुनः तोलामा १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोलाको १२ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलाको ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.