तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सोमबार स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार भने तोलामा ४ सय रुपैयाँले घटेको छ ।

तोलामा ४ सय रुपैयाँले घटेसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोलाको ९१ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन प्रतितोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोलाको ९० हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य तोालाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, चाँदीको भाउ पनि लगातार ओरालो लागिरहेको छ । सोमबार तोलामा १५ रुपैयाँले घटेको चाँदी मंगलबार पनि फेरि पुनः तोलामा १० रुपैयाँले घटेको छ ।तोलामा १०रुपैयाँले घटेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोलाको ११सय ५० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.