काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य लगातार घटी रहेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले घटेको छ ।
तोलामा ६ सय रुपैयाँले घटेसँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोलाको ९३ हजार १ सय सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजारमा कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी,शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलाको ११ सय ७० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments are closed.