एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । तिहारको मुखैमा नेपाली बजारमा सुनको मुल्य तोलामा एकैदिन १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शनिबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य ९२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

चाँदीतोलामा एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.