काठमाडौं । बुधबार घटेको सुनचाँदीको मूल्य बिहीबार फेरि बढेको छ । बुुधबार २ हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरि तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।
तोलामा १ हजार २ सय रुपैयाँले बढेसँग बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ । हिजो तेजाबी सुन तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी पनि तोलामा २५ रुपैयाँले बढेको छ । तोलामा २५ रुपैयाँले बढेसँग आज चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.