काठमाडौैं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । शुक्रबार बढेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ६ सय रुपैयाँले घटेको हो ।
तोलामा ६ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments are closed.