काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन सोमबार नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला एक हजार ५ सय रुपैयाँले उकालो लागेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ रुपैयाँले उकालो लागेर एक हजार २ सय ५० रुपैयाँ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८ सय १९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ । रासस
Comments are closed.