कामाडौं । सुनचाँदीको मूल्यमा बुधवार गिरावट आएको छ । हिजो भन्दा आज सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँ पुगेको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आज ओराालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले सस्तिदा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । हिजो भने चाँदीको मूल्य पाँच रुपैयाँले बढोत्तरी भएर एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।
Comments are closed.