सुनको मूल्य घट्यो, कारोबार मूल्य कति ?

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको शुक्रबारको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार रुपैयाँ थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १ सय ९० मा कारोबार भएको थियो ।

jutta mela

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७ सय ७३ डलर आसपास कारोबार भइरहेको छ । रासस

You might also like

Comments are closed.