आज सुनको मूल्य कति ?

काठमाडौं ।

सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ८३ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.