काठमाडाैं । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेर ९२ हजार ८ सय रूपैयाँ पुगेको छ ।
पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँले बढेर एक हजार २ सय १० रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ८६ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.