आइतबार सुनचाँदीको मूल्य प्रतितोला कति ?

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आइतबारको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २ सय ४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७ सय ९८ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.