सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७ सय ८७ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.