काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।
त्यस्तै बिहिबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ६ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.