काठमाडौं । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन उक्त सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बुधबार उक्त सुन प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै बिहिबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर एक हजार २ सय ४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७ सय ९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।
Comments are closed.