सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य शुक्रबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको शुक्रबारको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ छ जुन बिहीबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय १८ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.