सुन चाँदीमा दैनिक नयाँ रेकर्ड, एकैदिन १० हजारभन्दा बढिले मूल्य वृद्वि

काठमाडौं । नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

You might also like

Comments are closed.