सुनको मूल्य बढ्यो, कारोबार मूल्य कति ?

 

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएकोे छापावाला सुनको मूल्य बिहीबार ४ सय रुपैयाँ बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोलो ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि ४ सय रुपैयाँ बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३ सय ६० रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.