काठमाडौं । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।
गत शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला १ हजार ९८० मा खरिद बिक्री भइरहेको छ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
Comments are closed.