सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनमा सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिललो दिनको तुलनामा आज चाँदी प्रतितोला २ सय ५ रुपैयाँले बढेको हो । आइतबार प्रतितोला ४ हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार १ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.