सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबा प्रतितोला २ लाख ७६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १ सय ४५ रुपैयाँले बढेको छ। चाँदी मंगलबार ५ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

 

You might also like

Comments are closed.