काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला २ लाख ७६ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोला ३ सय १५ रुपैयाँले बढेको छ। चाँदी बुधबार ५ हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।



Comments are closed.