ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त

पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन् ।

मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई आगामी ४ बर्ष अवधिको कार्यकालको लागी प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट वाणिज्य शास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकी सँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ ।

बैंकिङ क्षेत्रको लामो अनुभव संगालेका बुढाथोकीकोे पुनः नियुक्तिले ग्राहकहरुलाई समय सापेक्ष थप प्रविधिमैत्री बैकिङ सेवा सुविधाहरु प्रवाह गरि बैंकको समग्र व्यवसाय र प्रतिफललाई बृद्धि गरि बैंकलाई थप उचाईमा पु¥याउने विश्वास लिईएको छ ।

 

You might also like

Comments are closed.