ग्रीन डेभलपमेन्ट बैंक दशौं वर्षमा

पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले आफ्नो स्थापनाको नवौं वर्ष पार गरि दशौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको छ ।

बैंकले पोखरा महानगरपालिका वडा नं २८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहमा वृक्षरोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र बागलङ जिल्लाको हनुमान नाच संरक्षण परिषद् तथा रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको बैंकका कर्जा विभाग प्रमुख संयुक्तबहादुर ध्वाखाले बताए । बैंकले पोखरा महानगरपालिका–२८ मा भएको वृक्षरोपण कार्यक्रममा वडाध्यक्ष कृष्ण लामिछानेको प्रमुख आतिथ्यतामा र सामुदायिक वनका अध्यक्ष मंगल नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सामुदायिक वनको क्षेत्रमा तेजपात, कल्की, कपुर, पारिजात, अमलालगायतका अन्य विरुवाहरु रोपी कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले बैंकले वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्ने गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष लामिछानेले बैंकले वृक्षरोपण जस्तो पवित्र कार्यको लागि पोखरा महानगरपालिकाको वडा नं २८ को क्षेत्रलाई छनौट गरेकोमा धन्यवाद ज्ञापन गरे । बैंकले सामाजिक उत्तरदायित्व शिर्षकअन्तर्गत बागलुङ बजारको इतिहास बोकेको हनुमान नाच संरक्षण परिषद्लाई नगद ३५ हजार तथा बागलुङ जिल्लाकै रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिर, कुँडुलेलाई २५ हजार ५२५ आर्थिक सहयोग गरेको थियो ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले बैंकको व्यवसाय वृद्धिसँगै आफ्ना सामाजिक उत्तरदायित्वका कार्यहरुलाई समेत अगाडि बढाएको, दश वर्ष अगाडि बागलुङ जिल्लामा केन्द्रीय कार्यालय राखि स्थापना गरेको बैंक आज विभिन्न जिल्लामा १६ वटा शाखा कार्यालय विस्तार गरेको र १ सय जना भन्दा बढी कर्मचारीहरुलाई रोजगारी सिर्जना गर्न सफल भएको बताए ।

बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९ महिनामा दोब्बर हुने मुद्दति योजना तथा १० वर्षमा दोब्बर र मासिक ६ प्रतिशत व्याजसमेत प्राप्त हुने मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी र नवलपुर जिल्लामा रहेका १६ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसीमका आधुनिक बैंकिङ सुविधाहरु, मोबाईल बैंकिङ, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस, सिआस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्दती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.