पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औँ संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।
१३ औँ संस्करणको पोखरा महोत्सवलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो । महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले युनाईटेड क्लब संग अघिल्लो संस्करणका पोखरा महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमा समेत महोत्सवको बैंकिङ पार्टनरको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए । युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीको बचत रकमबाट आयोजना गर्ने सामाजिक कामबाट आफु प्रभावित भएकाले सहकार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।
युनाईटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगले नै पोखरा महोत्सव १३ औँ संस्करण सम्म आइपुगेको बताए । अघिल्लो संस्करणमा जस्तै १३ औँ संस्करणमा समेत ग्रीन डेभलपमेन्ट बैंक संग सहकार्य गर्न पाउदा आफुहरुलाई अझै हौसला प्रदान भएको थापाले बताएका छन् ।
युनाईटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लबका कोषाध्यक्ष जयराम आचार्य, क्लबका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ सहभागी थिए । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
Comments are closed.