ग्रिन टायर उद्योगले ल्याउदै शेर्पा ब्राण्डका एग्रीकल्चर टायर

मोरङ । ग्रिन टायर उद्योग प्रा.लि.ले एग्रीकल्चर टायर बजारमा ल्याउने भएको छ । निजी लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग ग्रिन टायरले शेर्पा ब्राण्डको एग्रीकल्चर टायरहरु उत्पादन गरी बजारमा ल्याउने प्रक्रिया अघि बढाएको छ । यस उद्योगले आफ्नो एग्रीकल्चर सेग्मेन्टअन्तर्गत ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भूमि, सारर्थी मोडलका ठुला र साना टायरहरु उत्पादन गर्न लागेको हो ।

उक्त मोडल अन्तर्गत १६.९.२८, १४.९.२८, १३.६.२८, ७५०.१६, ६००.१६, ६००.१२ साईजका टायरहरु बजारमा ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ । यस कम्पनीका उत्पादित टायरहरुमा बढि ट्रेक्सन र ग्रीप रहेको छ । साथै बढि एनएसडि पनि रहेको कम्पनीले दाबी गरेको छ । उक्त उत्पादनहरुमा पम्चर रेसिस्टेन्ट प्याच पनि उपलब्ध रहेको जानकारी गराइएको छ ।

नेपाली कृषिलाई सुहाउँदो टायर तथा विदेशी टायरहरुसँग प्रतिस्पर्धा गर्न सक्षम नेपाली टायरहरुको उत्पादन गरी यस कम्पनीले उदाहरणीय कार्य गरेको छ । साथै नेपालमा उत्पादित स्वदेशी रबरहरु पनि प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीले गुणस्तरलाई ध्यानमा राख्दै नेपाली किसानलाई बेलाबेलामा स्वदेशमा गुणस्तरीय रबरहरु उत्पादन गर्न सकिने तालिम दिँदै आएको छ ।

jutta mela

ग्रिन टायर उद्योग निजी लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योग हो । वि.सं. २०७३ सालमा स्थापित यस उद्योगले विगत ६ वर्षदेखि नेपालमा टायरहरु उत्पादन गरी मुलुकको स्वदेशी आत्मनिर्भरमा योगदान पुर्‍याउँदै आएको छ ।

साथै कम्पनीले ‘मेरो देश, मेरै उत्पादन’ अभियानलाई पूर्ण रुपले आत्मसात गर्दै आएको छ भने, उक्त अभियानले कम्पनीको उद्देश्यलाई अझ बढि प्रष्ट्याउनुका साथै उद्देश्य प्राप्तिमा थप बल पुर्‍याएको छ ।

ग्रिन टायर उद्योगले स्थापनाकालमा 2 Wheeler Tyre  बाट उत्पादन सुरु गरेकोमा हाल 2  र 3 Wheeler Tyre हरुको उत्पादन गर्दै आएको छ । ४० करोड लगानीमा स्थापित यस उद्योगको वार्षिक उत्पादन क्षमता ३ लाख टायर रहेको छ । यसले १०० जनाभन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिनसमेत सफल भएको छ ।

नेपालमा उत्पादित यस टायरका मोडलहरुः
ग्रिन टायर उद्योगले उत्पादन गरेका टायर विदेशी टायरका तुलनामा आकर्षित र गुणस्तरीय, सस्तो, भरपर्दो रहेको छ । यस कम्पनीले उक्त टायरहरु सहजै ग्राहकहरु माझ पुर्‍याउन देशभरी डिलरसिपको आवेदन दिन आह्वानसमेत गरेको छ ।

दक्ष जनशक्ति नविनतम् प्रविधि तथा उपकरणको प्रयोग गरी अगाडि बढेको यस कम्पनीले आफ्ना उत्पादनहरुको तौल, माइलेज, क्वालीटी, फिनिसिङलगायत सबै कुरामा विशेष ध्यान दिँदै आएको छ । कम्पनीका सबै टायरहरुमा म्यानुफ्याक्चरीङ वारेन्टी रहेको छ भने यसका टायरहरु आइएसओ मापदण्डअनुसार उत्पादन गरिएका छन् ।

साथै, ट्याक्टरमा लाग्ने सम्पूर्ण साईजका टायरहरु पनि यस कम्पनीले उत्पादन सुरु गरेको छ भने, आगामी तिन महिनामा ट्रलिमा लाग्ने टायरहरु पनि बजारमा ल्याउने योजना रहेको छ । यसका साथै, आगामी दिनमा कर्मसियल हेबि इक्युपमेन्ट, ट्रक टायरलगायत प्रकारका उत्पादन गर्ने कम्पनीको योजना रहेको छ ।

You might also like

Comments are closed.