गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सञ्चालकमा मानन्धर नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा राजेशप्रसाद मानन्धर नियुक्त भएका छन् ।

jutta mela

फाइनान्स सञ्चालक समितिको यही असार २१ गते शुक्रबार बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको बताइएको छ । मानन्धरसँग वित्तीय क्षेत्रमा २६ वर्ष, इन्स्योरेन्स क्षेत्रमा २ वर्ष काम गरेको अनुभव रहेको छ ।

संस्थाले मुलुकभरका २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैंकिङ जस्ता आधुनिक बैकिङ सेवा समेत प्रदान भइरहेको छ ।

You might also like

Comments are closed.