गल्फ लुब्रिकेन्ट्सको पार्टर मिट सम्पन्न, ब्राण्ड एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेट उप–कप्तान महतो

काठमाडौं । गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ ।

सो अवसरमा प्रशिक्षण सत्र, विगत वर्षको समीक्षा तथा आगामी दिनको रणनीतिक रोडम्याप प्रस्तुत गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने गल्फका पार्टनरलाई सम्मान गरिएको छ । ‘Redefine Your Limits’ नारासहित आयोजित यस पार्टनर मिटमा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल ल्युब आयलका सञ्चालक समितिका सदस्य, अन्य प्रतिनिधि लगायतको सहभागीता थिए ।

नेपाल ल्युब आयलले राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्राण्ड एम्बेसडर नियुक्ती गरेको छ । महतोले हालै आईसीसी यू–१९ महिला विश्वकप २०२५ को ‘Best XII’ मा स्थान बनाउन सफल हुँदै सो सम्मान प्राप्त गर्ने एकमात्र एसोसिएट राष्ट्रकी खेलाडीको रूपमा इतिहास रचेकी छिन् ।

नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनमा महतोको योगदान महत्वपूर्ण छ । यस सहकार्यले आफूलाई मात्र नभई भविष्यमा अन्य महिला क्रिकेटरलाई पनि यस्तै अवसरको मिल्ने प्रेरणा दिने महतोले जनाइन् ।

लुब्रिकेन्सको व्यवसाय धेरै चुनौतीपूर्ण हुँदै गएको अवस्थामा नेपाल ल्युब आयलले गुणस्तर, सर्वसुलभ र पार्टनर्सको दीगो विकासलाई ध्यान दिदै आएको कम्पनीका प्रबन्ध निर्देशक तथा नाडाका अध्यक्ष करण चौधरीले बताए । बजारमा गल्फ आगामी दिनमा अझ गतिशील हुनेछ भन्ने विश्वास लिइएको उनी बताउँछन् ।

कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले समाजिक बन्देज र सीमितताका बावजुद महतोको मेहनतले आज उचाइ प्राप्त गरेको बताए । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्राण्ड हो । अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।

You might also like

Comments are closed.