गल्फ लुब्रिकेन्ट्सले कार र मोटरसाइकलको “Free Check-up camp” सञ्चालन गर्दै

काठमाडौं ।  नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दसैंमा आआफ्नो घर जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुई पांग्रे सवारी साधन “Free Check-up camp” आयोजना गर्दै छ ।

सो camp असोज १३ गते बिहीबारदेखि १५ गतेसम्म आयोजना हुने छ । कम्पनीका अनुसार,“ नेपालीको महान चाड दसैंको अवसरमा हामीमध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कनेछौं । सो यात्रा आरामदायी बनाउन हामीले महत्त्वपूर्ण ठाउँहरु पहिचानगरी, त्यहाँ Free Check-up camp आयोजना गर्दै छौ।“

मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा चम्प स्थापना गरिएको छ ।सो चम्प मा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशसम्म छुट पनि दिनेछ ।

jutta mela

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोबाइलदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

 

You might also like

Comments are closed.