गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दियो बोनस र नगद ?

काठमाडौं ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सको साउन ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४१ लाख ५० हजार रुपैयाँबाट ७.४४ प्रतिशत बोनस सेयर र ०.३९१७१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को कुल मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई ७.८३१७१ प्रतिशत लाभांश घोषण गरेको हो ।कम्पनीले १५ करोड ५१ लाख रुपैयाँको बोनस शेयर र ८१ लाख ६४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भएपश्चात इन्स्योरेन्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । त्यसपछि मात्र सेयरधनीहरुमा वितरण हुने ।

 

You might also like

Comments are closed.