गोर्खाज फाइनान्सको विरगञ्ज शाखा समुद्घाटन

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको स्थानान्तरित विरगञ्ज शाखा शुक्रवार एक कार्यक्रमका बीच वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र नेपाल राष्ट्र बैंकका निर्देशक एवं वीरगञ्ज शाखा प्रमुख राजन देव भट्टराईले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै विरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल एवं निर्देशक भट्टराईले वित्तीय संस्थालाई उत्पादनशील क्षेत्रमा कर्जा लगानी वृद्धि गरि समाजमा रोजगारी श्रृजना गर्न अनुकरणीय भुमिका खेल्न आग्रह गरे ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले स्वागत मन्तव्य राख्दै शुरु भएको कार्यक्रमा अध्यक्ष राईले संस्थाको भावी रणनीति एवं योजनाहरु राख्दै समापन भएको थियो ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्दै प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्ने योजना साथ अघि बढिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका थिए ।

You might also like

Comments are closed.