बचतकर्तालाई अधिकतम प्रतिफल दिँदै गोर्खाज फाइनान्स

काठमाडौं । गोर्खाज फाइनान्सले बचतकर्ताहरुको प्रतिफललाई मध्यनजर गर्दै आकर्षक ब्याजदरसहितका विभिन्न बचत योजनाहरु सार्वजनिक गरेको छ ।

फाइनान्सले बुधबार एक कार्यक्रमको आयोजना गरी ‘विशेष गोर्खाज बचत खाता’, ‘विशेष गोर्खाज पेन्सन बचत खाता’, ‘१ को २ गोर्खाज दोब्बर’ र ‘१ को ३ गोर्खाज तेब्बर’ योजना सार्वजनिक गरेको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरले जानकारी दिए । यी योजनाहरुअन्तर्गत बचतकर्ताहरुले अधिकतम प्रतिफल प्राप्त गर्नसक्ने घिमिरेले बताए ।

विशेष गोर्खाज बचत खाताअन्तर्गत ९ प्रतिशतसम्म वार्षिक व्याजदर प्राप्त गर्न सकिनेछ । न्यूनतम् ५ हजार मौज्दातमा गरिने बचतमा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । विशेष गोर्खाज पेन्सन बचत खातामा ९ प्रतिशत वार्षिक व्याजदर प्राप्त हुनुका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा र ५ लाख रुपैयाँसम्मको दीर्घरोग बीमाको व्यवस्था गरिएको घिमिरले जानकारी दिए ।

jutta mela

१५ लाखसम्म बिना धितो स्पेशल गोर्खाज पेन्सन कर्जाको सुविधा र गोर्खाज पेन्सन कर्जाको सेवा शुल्कमा ०.५ प्रतिशत छुट प्रदान हुनेछ । निःशुल्क चेकबुक, चेक क्लियरिङ, स्टेट्मेन्ट तथा घर कर्जा र सवारी कर्जाको सेवा शुल्क तथा व्याजदरमा विशेष छुट हुनेछ । १ को २ गोर्खाज दोब्बर मुद्दती खातामा ५ वर्ष ९ महिनामा लगानी दोब्बर हुनेछ भने चाहिएको बखत कर्जा लिन सकिनेछ ।

१ को ३ गोर्खाज तेब्बर मुद्दती बचतमा ९ वर्षमा लगानी तेब्बर हुनेछ भने, चाहिएको बखत कर्जा लिन सकिने छ । यी चार योजनामा बचतकर्ताले फाइनान्सबाट अन्य सुविधाहरु पनि प्राप्त गर्न सकिने घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.