पोखरा । सोसाइटी अफ इञ्जिनियरिङ कन्सल्टेन्सीज (सेकोन) पोखराको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले ई. किसानसिंह गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ई. हरिप्रसाद अधिकारी, सचिवमा ई. आनन्दप्रसाद सापकोटा, सहसचिवमा ई.ध्रुव गर्बुजा पुन, कोषाध्यक्षमा ई. धर्मराज अधिकारी र सदस्यहरुमा ई. कौशल चन्द्र जि.सी., ई. बिमल भन्डारी, ई. सुजित बिजुछे, ई. याम थापा, ई. मोहन सिग्देल, ई. बिरेन्द्रकुमार सिग्देल र ई. किरणराज सिग्देल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. ई. सन्तोष कैनीले उद्घाटन गर्दै सेकोन र उर्जा तथा जलश्रोत मन्त्रालय मिलेर पानीको श्रोतको क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा एससिएइएफका केन्द्रिय अध्यक्ष ई. टुकलाल अधिकारी, पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसका प्रमुख ई. निर्मल वराल, नेपाल
ईञ्जिनियरिङ एशोशिएशनका केन्द्रीय सदस्य ई. रविन्द्र मुन, गण्डकी प्रदेश अध्यक्ष ई. वृजेन्द्र केसी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
सेकोन पोखराका अध्यक्ष ई. किशोर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ई. किसानसिंह गुरुङले र संचालन सचिव ई. हरिप्रसाद अधिकारीले गरेका थिए ।








Comments are closed.