ग्यापुले सुरू गर्यो ग्यापु टिकटक हिरोज”

काठमाडौं । नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै वर्षकै ठूलो टिकटक प्रतियोगिता “ग्यापु टिकटक हिरोज” सुरु गरेको छ ।

प्रतियोगिताको लागि न कुनै रजिस्ट्रेशन चार्ज रहेको छ भने न कुनै जटिल प्रक्रिया । ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माका अनुसार आफ्नो इच्छाअनुसार जुनसुकै किसिमको भिडियो बनाएर सहभागी हुन सकिनेछ । सहभागी हुनको लागि एउटा दर्ता फारम भर्नु पर्ने हुन्छ जसको कुनै शुल्क लाग्ने छैन ।

यसको लागि सहभागीले ग्यापुको वेबसाइटमा गएर टिकटक हिरोजको ब्यानरमा क्लिक गरि रजिस्टर भन्ने अप्सनमा गएर आफ्नो सहभागिताको लागि फारम भर्नुपर्ने हुन्छ । अथवा सहभागिले ग्यापुको मोबाइल एप मार्फत पनि सहभागिताको फारम भर्न सक्छन् । साउन ३१ गतेसम्म सहभागीले आफ्नो नाम प्रतियोगिताको लागि दर्ता गराउन सक्नेछन् ।

MANASLU

प्रतियोगितामा पहिलो हुने सहभागिले एक लाख रुपैयाँको नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभन्न गिफ्ट ह्याम्परहरु पाउनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...