शुक्रराज कँडेल
अध्यक्ष, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.
पोखरा ।
सहकारीको वित्तीय अवस्था कस्तो छ ?
सहकारीमा कुल पुँजी ४१ करोड पुगेको छ । सेयर पुँजी ८ करोड ७ लाख रुपैयाँ छ । कर्जा लगानी ३१ करोड रुपैयाँ पुगेको छ । युवा स्वरोजगार कर्जा, कृषि उद्यमशील कर्जा, व्यावसायिक कर्जा, घरजग्गा कर्जालगायतका कर्जा प्रवाह गरेका छौं ।
सहकारीमा सेयर सदस्य संख्या कति छ ? सदस्यको हकहितमा के कस्ता काम भएका छन् ?
सहकारीको सेयर सदस्य संख्या १ हजार १ सय ५८ छ । हामीले सेयर सदस्यको हकहितका लागि विभिन्न कार्यक्रम ल्याएका छौं । जन्मदेखि मृत्युसम्म हाम्रो सहयोगी भन्ने नारा छ । जन्मदेखि अन्तिम संस्कारसम्म हामी सहभागी हुन्छौं । सहकारीका सदस्य सुत्केरी भएमा सुत्केरी भेटघाट कार्यक्रमअन्तर्गत ५ हजार रुपैयाँ प्रदान गर्छौै । सहकारीका सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँ भेटी स्वरुप प्रदान गर्छौ ।
सदस्यको बीमा पनि गरेका छौं । कोरोना महामारीको समयमा कोरोना बीमा गरे वापतको रकम पनि उपलब्ध गराएका थियौं । पोखरामा रहेको गण्डकी प्रदेशकै उत्कृष्ट ल्याव लाइफ केयर डाइग्नोष्टिक तथा रिसर्च सेन्टरमा सहकारीका सदस्यले रक्त परीक्षण गरेमा ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौं भने, गण्डकी मेडिकल कलेजमा विभिन्न शिर्षकमा १५ प्रतिशतसम्म छुट पाउने सम्झौता गरेका छौं । हाम्रो सहकारी सदस्यहरुको सारथीको रुपमा रहेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीले के–कस्ता काम गर्दै आएको छ ?
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न काम गर्दै आईरहेको छ । विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौं । विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्छौ । विपन्न समुदायमा स्वास्थ्य शिविर पनि संचालन गर्ने गरेका छौं । सरसफाई, खेलकुदका विभिन्न गतिविधी पनि हामीले गर्दै आएका छौं । रगतको अभावलाई सहज बनाउन समयम–समयमा रक्तदान कार्यक्रम पनि गर्दै आइरेहका छौं ।
सहकारी अभियानमा हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको भूमिका कस्तो छ ?
सहकारी मन्त्रालय तथा विभागले गरेका विभिन्न कार्यक्रममा हामी सहभागी हुँदै आएका छौं । राज्यले ल्याएका कुरालाई सहकारीका माध्यमबाट पनि सफल बनाउन सकिने भएकोले हामी सोहीअनुसार अगाडी बढेका छौं । कास्कीमा सहकारी अभियान अन्तर्रगत हुने कार्यक्रममा पनि हामी सहभागी हुन्छौं ।
वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?
सहकारी १३औं वर्ष प्रवेशको अवरसमा जेठ २० गते शुक्रबार हामी विभिन्न कार्यक्रम गर्ने तयारीमा छौं । पोखरा १४ चाउथे वि.पि मार्गमा पोखरा महानगरपािलकाका प्रमुखबाट सहकारीको सेवा केन्द्र उद्घाटन गर्नेछौं । रक्त संचार केन्द्र पोखराको सहयोगमा सोही स्थानमा रक्तदान कार्यक्रम पनि हामीले राखेका छौं । सहकारीका सेयर सदस्य, शुभचिन्तक लगायत सम्पुर्णलाई वार्षिकोत्सवमा सहभागी हुन पनि म आग्रह गर्दछु ।
Comments are closed.