पोखरा । पोखराको पृथ्वीचोकस्थित हामो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सहकारीको १३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो ।उक्त साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले गरेका थिए । साधारण सभामा बोल्दै मन्त्री बुढाले सहकारी संस्थामा सबैको अपनत्व गरी सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले भने,“संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्दछ, सदस्यको भूमिकाका बारेमा जानकारी सबैमा हुनु आवश्यक छ ।”मन्त्री बुढाले देशमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सहकारीको ठूलो भूमिका रहेकाले उत्पादनमा संस्थाले लगानी गर्नुपर्ने बताएका थिए ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष शुक्रराज कँडेलले महामारी पश्चातको आर्थिक मन्दी र तरलता अभावलाई अवसरका रुपमा परिणत गरिने बताएका थिए । उनले संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिका सहित रुपा गाउँपालिकामा पनि विस्तार गरी त्यस क्षेत्रमा सहकराी गतिविधि सञ्चालन गरिएको बताएका थिए ।
साधारणसभामा जिल्ला सहकारी संघ कास्कीका सदस्य चन्द्रा पराजुली , पोखरा महानगर सहकारी समितिका सदस्य नारायण प्रसाद आचार्य, हाम्रो सहयोगी उपभोक्ता सहकारी संस्थाका संस्थापक अध्यक्ष उमाकान्त खनाल, सक्षम बचत तथा ऋण सहकारीका अध्यक्ष विश्वमित्र सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले सदस्यहरुको हितसँगै सवल अर्थतन्त्र निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे ।
साधारणसभाको अवसरमा पोखरा टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा गण्डकी सन्देश प्रधान सम्पादक पुष्प दाहाल हाम्रो सहयोगी पत्रकारीता पुरस्कार २०७९ वाट सम्मानित गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि कृषिमन्त्री बुढाले दाहाललाई नगदसहित सम्मान गरेका थिए । सो अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी सम्झना भुजेललाई पनि सम्मान गरिएको छ ।
यसैगरी साधारणसभाका अवसरमा पोखरा वडा नं ३१ स्थित विश्वज्योति आधारभुत विद्यालयका एक छात्र र एक छात्रालाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।सभामा उपाध्यक्ष रुद्रबहादुर विश्वकर्माले स्वागत र सचिव कृष्णप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
Comments are closed.