पर्यटक आवागमनलाई सहजीकरण गर्न होटेल संघको अनुरोध

काठमाडौं । होटेल संघ नेपालले संघले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण सृजना गर्न माग गरेको छ ।

“विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल हुन होटेल संघ नेपालले आह्वान गरेको छ” विज्ञप्तिमा भनिएको छ ।

वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरण गर्न होटेल संघ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको संघले उल्लेख गरेको छ । अलपत्र परेका पर्यटकलाई होटेल आवास आवश्यकता भए होटेल संघ नेपालको हटलाइन सम्पर्क नम्बर ९८५१०३१४९५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

You might also like

Comments are closed.