नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन होटल संघको आग्रह

काठमाडौं ।  होटल संघ पोखरा नेपालले काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइनएन-एएनसी एटीआर ७२ जहाज आइतबार भएको दुर्घटनाको दःखद खबरले नेपाल स्तब्ध र मर्माहत भएको बताएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको नाइनएन–एएनसी एटीआर ७२ जहाज अवतरणको क्रममा आइतबार पोखरा– ७ र १५ स्थित सेती खोंचमा दुर्घटनाग्रस्त भएको थिएको थियो ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संघले आन्तरिक उडान तर्फ नेपालको इतिहासमै भएको सबैभन्दा ठूलो दुर्घटनामा परी यात्रु र चालक दलसहित ७२ जनाको निधन भएकोमा संघ गहिरो दुःख प्रकट गरेको छ ।दुर्घटनमा परी ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ ।

साथै, नेपाली उड्डयन क्षेत्र इयुको कालो सूचीबाट हट्ने प्रयास गर्दै गर्दा भएको यस दुर्घटनाले ठूलो जनधनको क्षति मात्र भएको छैन भुकम्प, नाकाबन्दी र कोभिड– १९ को मारबाट भर्खर पुनरुत्थानतर्फ अग्रसर हुँदै गरेको नेपाली पर्यटन क्षेत्रमा समेत धक्का लागेको महसुस गरेको संघले बताएको छ ।

संघले नेपाली हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीहरुलाई पनि गंभीर बन्न आग्रह समेत गरेको छ । र अन्य विपदका समयमा समेत खोजी, उद्धार र राहतका कार्यक्रमलाई चुस्त र दुरुस्त राख्न चाल्नुपर्ने कदम तत्काल चाल्न नेपाल सरकारसँग अनुरोध संघले गरेको छ ।

You might also like

Comments are closed.