हरपलको नयाँ ब्राण्ड ‘गुलाब बासमती’ चामल नेपाली बजारमा

काठमाडौं । हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । बिगत १७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल भित्र्याएको हो । १ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए ।

गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए । भारत लगायत खाडी मुलुक र युरोपमा सर्वत्र उपलब्ध यो चामल नेपालीमा समेत लोकप्रिय हुने विश्वास लिइएको छ । ‘हरपल चामलले बिगत १७ वर्षदेखि नेपाली बजारमा आम उपभोक्ताहरुको मन जित्न सफल छ,’ धामीले भने, ‘गुलाब बासमती पनि आम उपभोक्ताको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’

हरपलले वर्षेनी नयाँ नयाँ ब्राण्डहरु थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुवात गरेको हो । उपभोक्ताहरुको रुची र आवश्यकतालाई मध्यनजर गरी अँग्रेजी नयाँ वर्ष २०२२ देखि गुलाब बासमती राइस उपलब्ध गराइएको हरपल फुड्सले जनाएको छ । ‘विशेष गरी बासमती चामल उपभोग गरिरहेका बासमती चामलका पारखीहरुलाई मध्यनजर गरेर यो चामल बजारमा ल्याएका हौं,’ उनले भने । भारतमा २४ वटै प्रान्तमा यो चामल निकै लोकप्रिय रहेको उनले जानकारी दिए ।

jutta mela

त्यस्तै कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री वितरण गरिरहेको छ । त्यसैगरी कम्पनीले हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा उपलब्ध छ ।

हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ । दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा उपलब्ध छ । शुभमालिका ब्राण्डको चामल पनि नेपाली बजारमा प्रालिले बिक्री वितरण गरिरहेको छ । यो चामल २५ केजीको प्याकमा उपलब्ध छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यसैगरी वर्षेनी हरपल फुड्स प्रालिले आम उपभोक्ताहरुको आवश्यकता र रुचीलाई मध्यनजर गरेर नयाँ नयाँ ब्राण्डहरु नेपालीहरुको बीचमा ल्याइरहेको धामीले जानकारी दिए । साथै बर्तमान अवस्थामा नेपालको आर्थिक अवस्थालाई मध्यनजर गरेर आम उपभोक्ताको रुची र आवश्यकतालाई मध्यनजर गर्दै होटल, होस्टेल, रेष्टुरेन्ट, थकाली भान्छाघर र क्याटरिङलाई ध्यान दिएर गुणस्तरयुक्त सहुलियत मूल्यमा गुलाब बासमती चामललाई नेपाली बजारमा ल्याइएको धामीले जानकारी दिए ।

You might also like

Comments are closed.