हरपल चामल उपभोक्ताको रोजाईमा परेको छ : धामी (अन्तर्वार्ता)

तारामान धामी
प्रवन्धक, हरपल फुड्स प्रालि

नेपाली बजारमा बिगत १४ वर्षदेखि हरपल चामल बिक्री भइरहेको छ । भारतको हरियानामा उत्पादित हरपल चामल नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीको दावी छ । हरपल ब्राण्डलाई नेपालमा हरपल फुड्स प्रालिले बिक्री गर्दै आइरहेको छ । नेपालमा हरपल चामलको बिक्री, उपभोक्ताको प्रतिक्रिया, चामलका विशेषता लगायत विविध विषयमा प्रालिका प्रवन्धक तारामान धामीसँग आर्थिक आवाजले गरेको कुराकानीः

नेपालमा कहिलेबाट हरपल चामल बिक्री भइरहेको छ ?
नेपालमा सन् २००५ देखि हरपल चामल बिक्री भइरहेको छ । भारतको हरियानामा उत्पादित हरपल चामल नेपाली बजारमा निकै लोकप्रिय छ । ग्यालेक्सी ब्राण्ड अन्तर्गतको हरपल चामल नेपाल, भारत लगायत संसारभरका २७ वटा राष्ट्रहरुमा बिक्री वितरण भइरहेको छ । विशेषगरी युरोप र खाडी मुलुकहरुमा बढी बिक्री हुँदै आइरहेको यो चामल नेपाली उपभोक्ताको विश्वास जित्न पनि सफल छ ।

हरपल चामल कुन–कुन ब्राण्डमा उपलब्ध छ ?
हरपल ब्राण्डका चामल अन्तर्गत हरपल रिच राइस २० केजी र ५ केजी, हरपल उसिना २० र ५ केजी साथै ग्यालेक्सी जम्बो बास्मती चामल ५ केजी र १ केजीको प्याक, साथै पसन्द सामल २० केजी र ५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । बजारको माग र उपभोक्ता रोजाई अनुसार वर्षेनी हरपल ब्राण्डका चामलको गुणस्तरमा सुधार हुँदै गइरहेको छ ।

jutta mela

देशभर र पोखरामा हरपल ब्राण्डका चामलको बिक्री कस्तो छ ?
मुख्य बजार हाम्रो राजधानी काठमाडौं हो । त्यसपछि क्रमशः पोखरा, भैरहवा, बुटवल, नारायणगढ, हेटौंडा, इटहरी, नेपालगञ्ज, महेन्द्रनगरसम्म पुगेको छ । मुख्य सबै सहरहरुमा यो चामलको बिक्री राम्रो छ । उपभोक्ताबाट प्राप्त प्रतिक्रिया पनि निकै सकारात्मक छ । आगामी दिनमा बजारलाई अझ बढी बिस्तार गर्ने तयारी भइरहेको छ । विशेषगरी पोखरामा थकाली भान्छाघर, होटल, रेस्टुरेन्ट, क्याटरिङ व्यवसायी, थोक तथा खुद्रा व्यवसायी लगायत उपभोक्ताहरुले हरपल ब्राण्डका चामलहरुलाई मुख्य रोजाई बनाउनुभएको छ । निरन्तर उहाँहरुबाट प्राप्त माया र सहयोगका लागि हामी आभारी छौं । हामी उत्साही छौं र आगामी दिनमा उहाँहरुको सहयोग, सदभाव र मायाका लागि आफ्नो गुणस्तरलाई अझै सुधार गर्दै लग्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

 

हरपल चामलका विशेषता के–के हुन् ?
मुख्य क्वालिटी राम्रो छ । मूल्यमा एक रुपता छ । बिगत १४ वर्षदेखि नेपाली बजारमा उपलब्ध छ । खाने क्रममा स्वादिलो भएकाले धेरैले मन पराउँदै आउनुभएको छ । एक पटक हरपल चामल उपभोग गरिसकेपछि यही चामललाई निरन्तरता दिइरहेको हामी पाउँछौं । उपभोक्ताको प्रमुख रोजाईमा परेको यो चामल क्याटरिङ व्यवसायीहरुको पनि प्रमुख रोजाईमा पर्दै आइरहेको छ । थकाली भान्छाघर, रेष्टुरेन्ट, होटल लगायत क्षेत्रमा पनि हरपल चामल प्रमुख रोजाईमा पर्दै आइरहेको छ ।

हरपल ग्रुपले हरपल ब्राण्डका चामल बाहेक पोखरामा कुन कुन ब्राण्ड बिक्री गर्दै आइरहेको छ ?
मुख्य प्राथमिकतामा हामीले हरपल ब्राण्डका चामललाई दिँदै आइरहेका छौं । हरपल चामलका साथै हामीले पोखरा क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै सोनम जिरा चामलमा दीपम ब्राण्ड बिगत ५ वर्षदेखि बिक्री वितरण गर्दै आइरहेका छौं । उक्त ब्राण्ड पनि पोखरा क्षेत्रमा उपभोक्ताको पहिलो रोजाईमा पर्न सफल छ । साथै यस वर्षबाट भियतनाममा उत्पादित रोबोकिङ इनर्जी ड्रिङस, फ्लोट जुस र टेट्रा प्याक जुस काठमाडौं, पोखरा लगायत नेपाल भर बिक्री वितरण सुरु गरेका छौं ।

ग्राहकबाट प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
बजारमा चामलका धेरै ब्राण्डहरु वर्षेनी आइरहेपनि अन्य ब्राण्डहरुको दीर्घकालीन टिकाउ तथा निरन्तरता देखिँदैन । क्वालिटी र मूल्यमा समेत अन्य ब्राण्डमा एक रुपता नभएकाले अन्य ब्राण्डको तुलनामा हरपल ब्राण्ड धेरै उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ । हरपलका उपभोक्ताहरुले आफू पूर्ण सन्तुष्ट भएको र निरन्तर रुपमा यही चामल प्रयोग गर्ने प्रतिक्रिया दिँदै आउनुभएको छ । उपभोक्ताको सकारात्मक प्रतिक्रियाबाट हामी उत्साही भएका छौं ।

You might also like

Comments are closed.