आँखा शिविरले स्थानीयवासीलाई राहत

रामपुर (पाल्पा) । पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् ।

गाउँका १ सय २६ जनाले सेवा लिएका शिविरमा उक्त शिविर निस्दी–२ को आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ, जिल्लास्थित कालीगण्डकी आँखा उपचार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

गाउँबासीलाई सहजरुपमा सेवा दिन शिविर आयोजना गरिएको वडाध्यक्ष पूर्णबहादुर बाकाबलले जानकारी दिए । शिविरमा १ सय ४ जनालाई निःशुल्क औषधि, १५ जनालाई चस्मा र सातजनालाई परामर्श सेवा दिइएको थियो ।

शिविरमा आँखा जाँच गराएकामध्ये दसजनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएकाले पुस २८ गते सम्पर्क गर्न बोलाइएको केन्द्रका प्रमुख सुन्दर रानाले बताए ।

You might also like

Comments are closed.