पुतलिबजार नगरपालिकाको ठुलाडिहीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखरा, १६ जेठ

लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटि र पुतलिवजार नगरपालिका वडा नं ७ को सयुक्त आयोजना मा पुतलिवजार न.पा.वडा नं ७ ठुलाडिहिमा निशुल्क स्वास्थ्य शिविर हालै सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष दिलिप कुमार श्रेष्ठको अध्यक्षता तथा टेक नारायण रेग्मीको सम्योजकत्व कार्यक्रम भएको हो । प्रतिनिधी सभाका संसाद नारायण प्रसाद मरासिनिको प्रमुख अतित्यथमा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै मरासिनीले नगरपालिका र क्लवले सयुक्त रुपमा गरेको कामको प्रशंसा गरे । अस्पताल जान नसकेका विरामीका लागि शिविरले धेरै सहयोग पु¥याउने उनले वताए ।

jutta mela

शिविरमा ६५० भन्दा धेरै बढि बिरामिको परिक्षण गरिएको छ । करिव ३ लाख पचास हजार रुपैयाँ को निशुल्क औषधी पनि वितरण गरिएको कार्यक्रम संयोजक टेकनारायण रेग्मीले बताए । लोमस फर्मासिटिकल्स, आदी रेमेडिज र सुप्रिम हेल्थ केयर ले औषधी उपलब्ध गराएका थिए । कास्की मोडेल हस्पिटल को प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

You might also like

Comments are closed.