मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ ।

विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठंकराज गिरीले जानकारी दिए ।

कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्यांकन अधिकृत ध्रुव सापकोटाले बताए ।

jutta mela

केन्द्रले गत जेठमा टोलटोलमा पुगी सर्भेक्षण गरेर पहिचान भएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टि नेपालीले जानकारी दिइन् । यसैगरी सोमबार नै अन्य वडाका चार बालबालिकालाई पनि उक्त सहयोग गरिएको थियोे ।

You might also like

Comments are closed.